पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागूऔषध बिक्री आरोपमा पक्राउ

काठमाडौं । भ्रष्टाचारको आरोप लागेपछि सांसद पद गुमाएका डा. ढाका कुमार श्रेष्ठ लागूऔषध बिक्री आरोपमा पक्राउ परेका छन् । 

लागूऔषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेको हो । 

साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागूऔषधसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित रहेको  श्रेष्ठको फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए । त्यसपछि आज बिहीबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका ढाका उक्त पार्टीबाट  पहिले नै  निस्कासित भइसकेका छन् ।

प्रतिक्रिया