रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ

काठमाडौं । रक्षामन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताएका छन् । 

रक्षा मन्त्रालयद्वारा नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवा निवृत्त प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ कार्यक्रममा उनले नेपाली सेनाले इतिहासका हरेक कालखण्डमा देश र जनताका हितमा सरकारको निर्देशन पालना गर्दै आएको बताए । 

    
प्रधानसेनापति सिग्देलले नेपाली सेना संविधान, कानुन र स्थापित मूल्यमान्यताको परिधिभित्र रही देश र जनताको हितका काम गर्दै सङ्गठनलाई सुदृढ तुल्याउने कार्यमा निरन्तर सक्रिय रहेको बताए । 

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले लामो अभ्यास, उच्च दृढता, आर्थिक अनुशासन, कानुनको परिपालना र अनुभवकै कारण गौरवमय इतिहास बोकेको नेपाली सेनाका सङ्गठन प्रमुख भई दुवै जनाले राष्ट्र र जनताको श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गरे । 

    

प्रतिक्रिया