विस्तृत मर्मतका लागि इटाली पुगेको जहाज ८० दिनमा फर्कियो

काठमाडौं ।  गत ८ असारमा विस्तृत मर्मत (सि-चेक) का लागि इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज ८० दिनपछि बिहीबार  काठमाडौं फर्किएको छ ।

निगमको एयरवसको ए ३३० को (एन एएलवाई अन्नपूर्ण)  नामक जहाज बिहीबार  बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको छ । उक्त जहाज ३० दिनमा फर्किनेगरी इटाली पुगेको भएतापनि ८० दिनपछि नेपाल फर्किएको हो ।

निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका ४ वटा जहाजमध्ये हाल दुई वटा न्यारोबडीले मात्रै नियमित उडान गरिहरेको छन् । वाइडबडी दुइवटा मध्ये एउटा अझै इटलीमै सि(चेकमा छ । एउटा वाइडबडी जहाजको सि–चेकको क्रममा रहेको बेला अर्को वाइडबडी (एन–एएजेड)  पनि सि-चेकका लागि भदौ १२ गते इटाली पठाएको थियो । 

निगम नेतृत्वले नियामक निकाय उड्डयन प्राधिकरणसँग अनुमति नै नलिई जहाज इटाली पुर्‍याएको थियो । 

प्रतिक्रिया