अरु पार्टीलाई सिध्याउने कांग्रेसको उद्देश्य होइन: सभापति  देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने  र सिध्याउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताएका छन् । 

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् । 

कांग्रेसको स्थानीय तह समन्वय विभागले बिहीबार सानेपामा आयोजना गरेको एक समारोहमा उनले अब आउने नेतृत्व सामु चुनौतीसँगै अवसरहरू रहेको पनि बताए ।

नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सभापति देउवाले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गरे ।  उनले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको बताए । 

सभापति देउवाले भोलिका दिनहरु चुनौतिपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गरे । उनले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई काम गरेर देखाउन पनि चुनौति दिए ।  उनले कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताए । 

प्रतिक्रिया