सि.के. राउतले दायर गरे श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत सीके ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा दायर गरेका हुन्।

राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन्। श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख गर्दै राउतले मुद्दा हालेका हुन् । 

प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दा शीर्षक 'अंश सम्बन्ध विच्छेद' उल्लेख गरेका छन्। यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ।

 आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा बताएका छन्।

 

प्रतिक्रिया