राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । 

राष्ट्रपतिसमक्ष म्यानमारका म्यो मिन्ट माउङ, अष्ट्रेलियाका लीन एलिजाबेथ जोनस्टन, फ्रान्सका आवासीय भर्जिनी कोर्टेवल  र जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्यासन चन्दलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया