उप सभामुखलाई किन हटाउने ? : उपमहासचिव गजुरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उप सभामुखलाई हटाउनु नपर्ने बताएका छन् ।  

उपसभामुख ईन्दिरा राना मगरलाई बर्तमान सरकारले पदबाट हटाउने तयारी गरिरहेका बेला एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम बिशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा गजुरेलले रानालाई हटाउनुपर्ने कुनै कारण नरहेको दाबी गरे ।

उनले संबैधानिक परिषदमा बहुमत नपुग्ने र आफ्नो स्वार्थ पूरा नहुने देखेपछि सत्तारुढ दलहरुले उपसभामुख रानालाई हटाउन खोजेको बताए । एक प्रश्नको उत्तरमा गजुरेलले बिगतका कमी कमजोरीको समीक्षा गर्दै माओवादी सच्चिने र जनताका बीचमा जाने उल्लेख गरे । उनले माओवादी नसच्चिए सकिने पनि बताए । गजुरेलसँगको बिस्तृत कुराकानी एभिन्यूज खबर टेलिभिजनमा आज बिहिबार राति ९ बजे प्रसारण हुनेछ ।  

प्रतिक्रिया