भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन

काठमाडौं। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको  निधन भएको छ। ७२ वर्षीय येचुरीका बिहीबार दीर्घ रोगको कारण मृत्यु भएको हो ।

अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो। श्वास प्रश्वासमा समस्या आएपछि पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो ।
येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन्। उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए। उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए।

सन् २०१५ बाट भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका येचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए। भारतको केन्द्रीय सरकारमा येचुरीको दल सीपीएम रहेको अवस्थामा नेपालको विद्रोही माओवादीलाई शान्तिपूर्ण अवतरण गराउन भूमिका खेलेको थियो। उनले पटक-पटक नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया