एन्फा महिला लिग: आर्मीद्वारा बागमती युथ क्लब ३-० ले पराजित

काठमाडौ। बागमती युथ क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० ले पराजित गरेको हो। २५औं मिनेटमा विमला चौधरीले गोल गरिन। ६१औं मिनेट अमिषाले अग्रता दोब्बर बनाइन। ९०औं मिनेटमा दीपा शाहीले प्रहार गरेको बल बागमतीकी सन्जी थिङलाई डिफ्लेक्ट हुँदै गोलमा परिणात भयो । जितसँगै आर्मीले शीर्ष स्थानमा रहेको अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँगको अंक दुरी १ मा झारेको छ। लगातार तेस्रो खेलमा पराजित बागमती सामान खेलबाट तीन अंकका सातौं स्थानमा छ। यसअघि संकटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्धन्द्धी एपिएफसँग हार ब्यहोरेको थियो। यसअघि सुदूरपश्चिमलाई हराएको बागमती कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।

प्रतिक्रिया