नौ दिनमा हजार भन्दा बढी डेंगु संक्रमित बढे

काठमाडौ । पछिल्ला नौ दिनमा देश भर एक हजार भन्दा बढीमा डेंगु संक्रमण बढेको छ । 
यो सेप्टेम्बरका नौ दिन अर्थात १ तारिखदेखि ९ तारिख सम्म देशभर १ हजार ३ सय १३ जनामा बढी डेंगुं संक्रमण पुष्टि भएको हो । योसँगै यो वर्ष सन् २०२४ सेप्टेम्बर ९ सम्म देशभर डेंगु संक्रमितको संख्या आठ हजार १ सय ५९ पुगेको छ । सबैभन्दा धेरै तनहुँमा एक हजार ३ सय ६ जना संक्रमित भएका छन् । कास्कीमा एक हजार ४०, स्याङ्जामा ७ सय ४९, काठमाडौंमा ६ सय ८७ र चितवनमा ५ सय ८९ जनामा डेंगु पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या  ५ सय भन्दा कम छ । यो वर्ष डेंगु संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ । हुम्ला र डोल्पाबाहेकका ७५ जिल्लामा डेंगी फैलिएको स्वास्थ्य मन्त्रालयले जनााएको छ ।। 

प्रतिक्रिया