नेपालबाट हरियो तरकारीको पहिलो खेप कतार निर्यात

काठमाडौ। नेपालले हरियो तरकारीको पहिलो खेप आज कतार निर्यात भएको छ। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा एक समारोहका बीच हरियो तरकारी कतार पठाइएको हो। ग्रामीण विकासका लागि चाइना फाउन्डेसन ‘सीएफआरडी’को कृषि प्रबद्र्धन कार्यक्रममा नेपाली किसानले फलाएको तरकारी बिहीबार कतार पठाइएको हो। 
तरकारी निर्यात कार्यक्रममा कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले कतारमा नेपाली उत्पादन निर्यातले निरन्तरता पाउने जानकारी दिए। 
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले नेपाली तरकारी कतार गएसँगै नेपाली उत्पादन निर्यातका लागि नयाँ वाटो खुला भएको भन्दै खुसी प्रकट गरे। 
कतार पठाइएका तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, तीते करेलालगायत छन्। सीएफआरडीको कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत काठमाडौंको दक्षिणकाली नगरपालिकामा उक्त तरकारी खेती गरिएको थियो। 

प्रतिक्रिया