लगानीमा कमी आउँदा आर्थिक विकासमा चुनौती देखियो: गर्भनर अधिकारी

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा लगानीमा कमी आउँदा आर्थिक विकास चुनौतीको रूपमा देखा परेको बताएका छन्। आज काठमाडौंमा आयोजित अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको भए तापनि पछिल्लो दुई वर्षमा, निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढी प्रगति गरेको बताएका हुन । गर्भनर अधिकारीले विकास, बचत र लगानीको कमी पनि हाम्रो आर्थिक विकासको एउटा चुनौतीको रूपमा देखिएको भने स्वीकार गरे। 
गर्भनर अधिकारीले विश्व आर्थिक मन्दीको प्रभावबाट देशलाई बचाउनको लागि, नेपालको आर्थिक अवस्था धेरै सुधार भएको जिकिर गरे। अहिलेको नीतिले मौद्रिक नीतिलाई आधुनिकीकरण गर्ने, गुणस्तर बढाउने, डिजिटल बैङ्किङ व्यवस्थाको विकास गर्ने र मोडन भुक्तानीको व्यवस्था गरेर विश्व बजारमा जाने कुरालाई ध्यान दिएको उनको भनाई छ। गभर्नर अधिकारीले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनले आर्थिक स्थायित्व र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्मेलन आज र भोलि गरी दुई दिन चल्नेछ। 

प्रतिक्रिया