एसियाली खेल पत्रकारहरुको २५ औं सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । एसियाली खेल पत्रकारहरुको संस्था ‘एआइपिएस एसिया’को २५ औं कंग्रेस बिहीबार काठमाडौंमा सुरु भएको छ । 

कंग्रेसका लागि एसियाका ३२ देशबाट करिब ७० प्रतिनिधि काठमाडौं आएका छन् । कंग्रेसको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेल क्षेत्रको विकासका लागि सरकार राखेप दुबैले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

विहीबार नै एआइपिएस एसियाले विभिन्न साझेदारहरुसँग चारवटा सहमतीपत्रमा हस्ताक्षर गर्दैछ । शुक्रबार साँझ स्पोर्टस अवार्डमा सहभागिता जनाएसँगै कंग्रेस समापन हुनेछ । कंग्रेसमा एआइपिएस एसियाको एक वर्षको कार्य तथा योजनाहरु अनुमोदन हुनेछन् । कंग्रेसकमा खेल पत्रकारहरुको सर्वोच्च संस्था एआइपिएस एवं विभिन्न महादेशीय संगठनका प्रतिनिधि सहभागी छन् ।
 

प्रतिक्रिया