नेप्से परिसूचकमा उच्च अंकले बृद्धि,  ८ अर्ब बढि कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बृद्धि भएको छ  । बिहीबार ७८ अंकले बढ्दै परिसूचक २६८८ बिन्दुमा उक्लिएको हो ।

यसअघि भदौ १८ गते नेप्से ६.९४ अंकले बृद्धि भएको थियो । त्यसपछिका ७ कारोबार दिनपछि बिहीबार बजार उच्च अंकले बृद्धि भएको हो। बिहीबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ। १२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो । 

बिहीबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। कुल ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। बुधबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो । 

बिहीबार सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०९ प्रतिशतले घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढेको छ । 

प्रतिक्रिया