ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना पक्राउ

काठमाडौँ । ललितपुरको सानेपास्थित चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा प्रहरीले कलसेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको छ।
दुई जना चिनियाँ र एक जना फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सञ्चालक तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । 
नियन्त्रणमा लिएकाहरुमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरूलाई मात्र मुद्दा चलाइने प्रहरीले जनाएको छ । 
 
 

प्रतिक्रिया