पशुपति कोटिहोमको हिसाब सार्वजनिक, ७२ लाख ऋण लागेको कृष्णमुर्तिको दाबी

काठमाडौं। पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ। कोटीहोम सकिएको झण्डै दुई महिनापछि आयोजक विजय कृष्णमुर्तिले विहिबार पत्रकार सम्मेलन गर्दै  आय व्यय विवरण सार्वजनिक गरेका हुन् ।
आयोजक कृष्णमुर्तिले‘ ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरेका छन्।  

कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो । यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका छन् ।

महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ  । यो रकम आयो भने बचत हुने कृष्णमुर्तिले बताए ।
उनले दिएको विवरण अनुसार नगद रसिदबाट १७ करो ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको उनले बताए ।
‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको ९वनकाली० हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो ।

प्रतिक्रिया