काठमाडौँको चन्द्रागिरीमा एक छात्रालाई शिक्षकले मरणासन्न हुने गरी गरेको कुटपिटको सर्वत्र विरोध

काठमाडौँ । काठमाडौँको चन्द्रागिरीमा एक छात्रालाई शिक्षकले मरणासन्न हुने गरी गरेको कुटपिटको सर्वत्र विरोध भएको छ । श्री कृष्ण सेकेण्डरी स्कुल दहचोक तालपानीमा कक्षा ८ मा अध्ययनरत् १३ वर्षीया छात्रा अस्मिता परियारलाई सोही विद्यालयका शिक्षक एकराज पण्डीतले बिहीबार कुटपिट गरेका थिए ।

शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएकी अस्मिताको कलंकीमा रहेको एक अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट उनको टाउको, छाती र शरिरमा चोटपटक लागेको छ । शौचालय गएर फर्किएकी परियारलाई किन वाहिर गएको भन्दैं शिक्षकले कुटपिट गरेको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन् । अस्मिताका परिवारले शिक्षक पंडीतलाई कडा कारवाही गर्न माग गरेका छन् ।

दलित अधिकारकर्मीले पनि दलित छात्रामाथि भएको कुटपिटको विरोध गर्दै बालिकालाई न्यायको माग गरेका छन् ।

प्रतिक्रिया