देउवालाई दोसल्ला ओढाएर ओलीले दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले देउवालाई बालुवाटारमा दोसल्ला ओढाएर ७९औं जन्मदिनको शुभकामना दिएका हुन् ।
ओलीले फेसबूकमा लेखेका छन्, “आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी ।”अहिले नेकपा ९एमाले० का अध्यक्ष ओली देउवाको दल नेपाली कांग्रेसको प्रमुख समर्थनमा प्रधानमन्त्री छन् ।

गत असार १७ गते राति हस्ताक्षरित सहमतिअनुसार देउवा र ओलीले संसद्को बाँकी कार्यकालको आधा(आधा समय प्रधानमन्त्री हुनेछन् ।

प्रतिक्रिया