प्रधानमन्त्रीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेsf x'g\ . 

प्रधानमन्त्री ओली आउँदा असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।

महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे उनले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेका हुन् ।

प्रतिक्रिया