सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं  । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि  एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा  १५ ले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने  एक हजार सात सय ९५ निर्धारण भएको छ । 
 

प्रतिक्रिया