पर्वतमा डेंगु संक्रमितको संख्या बढ्दो

पवर्त । वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको संख्या बढ्दो क्रममा देखिएको छ । 

पर्वत अस्पतालका अनुसार  दैनिक रुपमा  डेंगुका बिरामी बढ्न थालेका हुन् ।  मौसम परिवर्तनमा देखा पर्ने  रोग सँगै  डेंगु संक्रमितहरू बढ्दै जाँदा  बिरामीहरुलाई उपचार गर्न शैय्या उपलब्ध गराउन समेत समस्या भएको  छ । 

गत साउन २ गतेदेखि साउन २२ गतेसम्म २१ दिनमा नै ५६ जना बिरामीमा डेंगु पुष्टि भएको थियो भने अहिले दैनिक जसो २० देखी ३० जनाको स्वाथ्य परिक्षणमा डेंगु देखा पर्ने गरेको छ । जिल्ला अस्पतालमा १५ शैय्याको स्विकृत दरबन्दीमा ६० शैयाको सेवा प्रवाह गर्दै आइरहेको छ ।  

पर्वत अस्पतालमा अहिले दैनीक दु्ई सय जनाले उपचार गराउने गरेको तथ्याङ्क छ । जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउने बाहेकको विवरण संकलन नभएकाले बिरामीको संख्या अझ धेरै हुनसक्ने आंकलन गरिएको छ । 

प्रतिक्रिया