सम्पदाले जितिन् मिस युनिभर्स नेपाल २०२४ को उपाधि

काठमाडौँ। मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले जितेकी छन्। बुधबार बेलुका ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा उनले उपाधि चुमिन्। आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले विजेता घिमिरेलाई ताज पहिराइदिइन् । जितसँगै घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।


त्यसैगरि, स्मृति सिंह फस्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप , क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भइन। सुजल सुन्न र बोल्न सक्दिन्न।फिनालेमा उपाधिका लागि २२ जना भिडेका थिए।

पूर्वमिस नेपाल माल्भिका सुब्बासहित विश्वचर्चित भ्लगर, कन्टेन्ट क्रिएटर तथा ब्युटी पेजेन्ट विश्लेषक लुइस पोर्टेल्सले  फिनाले होस्ट गरेका थिए।

प्रतिक्रिया