मानव अतिक्रमणले टौदहको साघुँरिदै

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा पर्ने टौदहको क्षेत्रफल मानव अतिक्रमणले घट्दै गएको छ ।  

कुनै बेला ११२ रोपनीमा फैलिएको दहको क्षेत्र करीब ९२ रोपनीमा खुम्चिएको हो । कीर्तिपुर नगरपालिका–६ मा पर्ने बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई आसपासको भ(ूभागबाट बगेका पानीले भरिदिन्थ्यो । हिउँद र सुक्खा याममा सतह घट्दै जान्थ्यो र अर्को वर्षा याममा फेरि उसैगरी पानीको सतह बढ्थ्यो । 

तर, दुई दशकयता टौदहमा पानी प्रवाह हुने जमीनमा कंक्रिटका संरचना थपिंदै गर्दा दहमा जमीन रिचार्ज भएर पुग्ने पानी कम हुँदै गएको छ । टौदहका प्राकृतिक मुहान मानव बस्तीमा खानेपानीका आपूर्ति गर्न उपयोग भइरहेकाले समस्या बढेको छ । 

घना हुँदै गरेको बस्तीको बीचबाट बग्ने बर्खे पानी सोझै दहमा पठाउँदा दहमा आश्रित माछा लगायत जलचर र चराचुरुङ्गी लगायत प्राणीलाई असर पुग्ने जोखिम पनि बढेको छ । पानी घटबढ हुँदाको असर टौदहका माछालाई पर्ने गरेको छ । पानी कम भएका वेला अक्सिजन नपुगेर कैयौं माछा मर्ने गरेका छन् ।

विगतमा दह घुम्न आउने आगन्तुकले माछालाई भटमासको मस्यौरा खुवाउँदा पनि माछाको संख्या बढेको थियो । तर‚ अहिले टौदह संरक्षण समितिले भुरा छोड्न र मस्यौरा बेच्न बन्देज लगाएको छ । 

प्रतिक्रिया