दशैंका लागि बसको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

काठमाडौं । दशैं तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ । यसअघि पनि दशैंको १५ दिन अगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गरिँदै आएको छ । 

यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू राखेका छन् । वर्षातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग उनीहरुको छ । उता दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । 

बसका टिकट असोज पहिलो सातादेखि खुला गर्ने भनिएको छ । एयरलाइन्सहरूले दशैंका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् । तर, पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दशैंलाई भन्दै अग्रिम बुकिङ थालिसकेका छन् ।

प्रतिक्रिया