झापामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी

झापा । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँका सबै बिरामी परेका छन् । 

स्थानीय रीता निरौलाको घरमा बुधबार पूजाको प्रसाद खाएका अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँका अधिकांश बिरामी परेका हुन् । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने सबै बिरामी परेका हुन् । 

बिरामी परेकाहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने लक्षण देखा परेको थियो । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ । पुजाको प्रसादमा अखाद्य बस्तु मिसिएको अनुमान गरिएको छ । 

प्रतिक्रिया