पेरुका तत्कालिन राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

एजेन्सी । पेरुका तत्कालिन राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको हो । फुजिमोरीको निधनका बारेमा उनकी छोरीले जानकारी दिएकी हुन् । 

फुजिमोरीले सन् १९९० देखि २०००सम्म शासन सत्ता लगाउँदा चरम भ्रष्टाचार र कम्यूनिष्ट अभियानविरुद्ध चर्को दमनचक्र चलाएका थिए । त्यसक्रममा उनले मानवअधिकारको उल्लङघन गरेको अभियोग पनि लागेको थियो । 

उनकी छोरीले क्यानसरका कारण पूर्व राष्ट्रपति फुजीमोरीको निधन भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।  

प्रतिक्रिया