कोशीका मुख्यमन्त्री थापाले लिए पद तथा गोपनियताको सपथ
कांग्रेस र एकीकृत समाजवादीका एक–एक जना मन्त्रीमा नियुक्त
कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री थापाले शपथ ग्रहणसँगै आज सानो आकारको मन्त्रीमण्डल पनि बिस्तार गरेका छन् । पहिलो चरणमा कांग्रेससहित एकीकृत समाजवादीबाट एक एक जना विना विभागीय मन्त्री बनेका हुन । एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगु र कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री नियुक्त भए पनि उनीहरुको मन्त्रालय तय भएको छैन । ९३ सदस्यीय प्रदेशसभामा सरकारका लागि ४७ प्रदेश सभा सदस्यको बहुमत संख्या पु¥याएपछि प्रदेश प्रमुख खापुङले हिजो थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सभामुख सरकार निर्माण प्रक्रियामा सहभागी भएको भन्दै एमालेले कानुनी प्रश्न उठाएको छ ।
प्रतिक्रिया