पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडिएका छन् । 

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता जारी गरेपछि कार्कीले अनशन तोडेका हुन् । 

कोशी प्रदेश सरकारको बजेटमा रकम विनियोजन भई कार्यान्वयनका क्रममा रहेका सम्बन्धि मागहरु तत्काल कार्यान्वयन गर्ने लगायतका विषय लिखित सहमतिमा उल्लेख छ । सहमतिपत्रमा मन्त्री अधिकारी, अनशनरत कार्कीले हस्ताक्षर गरेका छन् । 

कार्की मंगलबार दिउँसोदेखि आमरण अनशन बसेका थिए ।  पूर्वमुख्यमन्त्री कार्की १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए 

प्रतिक्रिया