कर वृद्धि फिर्ताको माग गर्दै नेकपा (माओवादी केन्द्र) गोलबजारद्वारा आन्दोलनको घोषणा

शिव दयाल यादव

सिरहा ।  नेकपा (माओवादी केन्द्र) गोलबजारले   गोलबजार नगरपालिकाले वृद्धि  गरेको कर फिर्ता माग गर्र्दै आन्दोलनको घोषणा गरेको छ ।

पार्टीले आज पत्रकारसम्मेलन गर्दै वृद्धिगरेको मालपोतलगायत विभिन्न शूल्कको वृद्धि फिर्ताको मागगर्दै आन्दोलनको घोषणा गरेको हो।

उनीहरुले धर्ना, करवृद्धि सम्वन्धि वडास्तरीय छलफल र नगरस्तरीय उद्योगी, व्यसायीलगायत सरोकारवालासँग छलफल कार्यक्रम गर्ने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्।

पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा २६ गते पत्रकार सम्मेलन, २७ देखि २९ गतेसम्म वडा वडामा छलफल कार्यक्रम, २९ गते उद्योगी तथा व्यसायीहरुसँग छलफल र ३० गते कालो पटी बाँधेर नगरपालिकामा एक घण्टा धर्ना र माग सम्वोधन नभए सोही दिन थप कडा आन्दोलनका कार्यक्रमको घोषणा गर्ने उल्लेख गरेको छ।

प्रेस विज्ञप्तीमा जनताको आधारभूत मौलिक हक अन्तर्गतका शिक्षा , स्वास्थ्य जस्ता अति संवेदनशिल विषयमा गोलबजार नगरपालिकाले उदासिनता देखाएको उल्लेख गरेको छ।

प्रतिक्रिया