गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजियो: सि.के. राउत

काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् । अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको उनको भनाइ छ  । अध्यक्ष राउतले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको जिकिर गरे । 
अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताए । उनले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको आरोप समेत लगाए । आफूले सरकार भएको महशुस गर्न नसकेको अध्यक्ष राउतको भनाइ छ ।।

 

प्रतिक्रिया