क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रोल्पा माडी गाउँपालिका–१ जवाड घर भएका २९ वर्षीय रण बहादुर घर्ती र काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ घर भएका ३४ वर्षीय कर्ण सिंह साउद रहेका छन् । 

पक्राउ मध्ये रण बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जना पीडितबाट १ करोड ६५ लाख रूपैयाँ र कर्ण सिंहले इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रण बहादुरलाई काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट र कर्ण सिंहलाई काठमाडौं महानगरपालिका–२८ बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ  ।
 

प्रतिक्रिया