नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ:  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताए । 

राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेशा गोवद्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताए । 

पलेशालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने अवस्था अब अन्त्य हुने स्पष्ट गरे । 

प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गरे  । उनले खेल क्षेत्रका संस्थाहरू लोकतान्त्रिक रुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाडीलाई सम्मान वितरण गरिएको थियो ।
 

प्रतिक्रिया