सेयर बजारको ओरालो यात्रा जारी, नेप्से २२.७३ अंकले घट्यो

काठमाडौ। सेयर बजारको ओरालो यात्रा बुधबार पनि कायम रह्यो। अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१० अंकमा कायम भयो। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेर ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँको कारोबार भयो। आज ६६ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ४ को स्थिर रह्यो । आज फाइनान्स ०.४३, निर्जीवन बीमा ०.०१ र व्यापार ०.१६ प्रतिशतले बढ्दा बैंकिङ ०.९३, विकास बैंक १.०२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.९२, लगानी १.८७, उत्पादन १.०१, माइक्रोफाइनान्स ०.५४ र अन्य समूह ०.६१ प्रतिशतले घट्यो। बुधबार विन नेपाल लघुवित्तको १० र थ्रीस्टार हाइड्रोको शेयर मूल्य ९.४ प्रतिशतले बढ्दा एसियन हाइड्रोपावरको मूल्य ६.८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.८, मनकामना इन्जिनियरिङको ४.६ प्रतिशतले मूल्य घट्यो। कारोबार रकमका आधारमा बुधबार सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर, समृद्धि फाइनान्स र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहे।
 

प्रतिक्रिया