साविक विजेता रेबकिना विम्बल्डन टेनिसको तेस्रो चरणमा

टेलर फ्रिट्ज मिकेल यामिरसँग स्तब्ध

साविक विजेता एलिना रिबाकिना विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेकी छन् । उनले गएराति भएको खेलमा फ्रान्सेली खेलाडी एलिज कोरनेटलाई ६–२ र ७–६ ले पराजित गरिन् । चोटको समस्याबाट गुज्रिरहेकी फ्रान्सेली खेलाडीसँगको प्रतिस्पर्धाका क्रममा कजाकिस्तान कि रिबाकिनाले शृंखलाबद्ध त्रुटि गरेकी थिइन । पुरुषतर्फ मिकेल यामिरले टेलर फ्रिट्जलाई हराए । यामिरले फ्रिट्जलाई ३–६, २–६, ६–३, ६–४ र ६–२ को सेटमा हराएका हुन ।  फ्रिट्ज जारी प्रतियोगितामा वरीयताको शीर्षमा रहेर पराजित हुने दोस्रो खेलाडी हुन । स्टान वावरिन्का पनि तेस्रो चरणमा पुगेका छन । वावरिन्का तीन वर्षपछि ग्रान्डस्लामको तेस्रो चरणमा प्रवेश गरेका हुन् । ३८ वर्षीय वावारिन्काले जारी विम्बल्डन टेनिसको दोस्रो चरणमा अर्जेन्टिनाका तोमास एचेभेरीलाई चार सेटमा पराजित गरेका हुन् । यसअघि उनी पछिल्ला ६ ग्रान्डस्लामको दोस्रो चरणबाटै बाहिरिएका थिए । उनले अघिल्लो चरण प्रवेशका लागि नोभाक जोकोभिचको सामना गर्नेछन् । त्यस्तै इटालीका लारेन्जो मुसेटी र पोल्यान्डका हुबर्ट हुर्काजले तेस्रो चरण प्रवेश गरेका छन् ।
 

प्रतिक्रिया