पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चले माग्यो कारण

काठमाडौं। सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने भन्दै कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

बोर्डको सीईओ दीपकराज जोशी नियुक्ति भएका थिए । जोशीको नियुक्ति बरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदा हुँदै पन्छाएको दाबी गर्दै तत्कालिन सिईओ डा.धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


 

प्रतिक्रिया