उपसभामुखलाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि राष्ट्रिय स्वतन्त्र पार्टीको असन्तुष्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि नै प्रश्न उठाएको छ । 

सिंहदरवारमा बसेको सचिवालय बैठकले १८ महिना अघिको कुरा अहिले ल्याएको भन्दै असन्तुष्टि जनाएको हो । भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु गलत भएपनि त्यो सम्वन्धित ठाउँमा दर्ता नै नभएको दाबी रास्वपाको छ । रास्वपाले उपसभामुखले छानबिन र स्पष्टीकरण दिने मौका पाउनुपर्ने जनाएको छ । 

बैठकले उपसभामुख रानाबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने बताएको छ । सत्तारुढ दलहरुले के गर्छन् भन्ने प्रष्ट नभइसकेकाले रास्वपाले पनि के गर्ने भनेर औपचारिक निर्णय नगरेको हो । संवैधानिक परिषदमा आफू अनुकूल बनाउन सत्ता गठबन्धनले हटाउने षडयन्त्र गरिरहेको रास्वपाको बुझाइ छ । 

व्यक्तिगत रूपमा राना मगरमाथि प्रश्न उठाउने ठाउँ नरहेको पनि रास्पपाको भनाइ छ । 
 

प्रतिक्रिया