अमेरिकी चुनावी सर्वेक्षण : को अगाडि– कमला कि ट्रम्प ?

एजेन्सी । अमेरिकामा  नयाँ राष्ट्रपति चयन गर्न आगामी नोभेम्बर ५ मा निर्वाचन हुँदै छ । 

 राष्ट्रपति  निर्वाचन अघि डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच मंगलबार पहिलो टेलिभिजन बहसमा एक अर्काको नीतिको चर्को आलोचना गरेका थिए।
योसँगै अमेरिकामा डोनाल्ड ट्रम्पको दोस्रो पटक जित्लान या अमेरिकाको पहिलो महिला राष्ट्रपतिको रुपमा कमला ह्यारिस चुनिने हुन? यो निकै चासोको विषय बनेको छ । मंगलबारको राष्ट्रपतिको बहस जस्ता ठूला घटनाहरूले ह्वाइट हाउसको दौडमा कस्ले बाजी मार्ला ? ।

ट्रम्प र ह्यारिस पहिलो पटक उम्मेदवारको रूपमा पेन्सिलभेनियामा मंगलबार राति टिभी बहसमा भेटिएका थिए । बहस पछि तुरुन्तै एउटा सीमित मत सर्बेक्षण गरिएको थियो । जसमा बहस सुन्ने ६ सय  दर्ता मतदाताहरूले भाग लिएका थिए । त्यसमा ६३ प्रतिशतले ह्यारिसको समर्थन गरेका थिए भने ३७ प्रतिशत ट्रम्पको पक्षमा देखिएका बीबीसीले जनाएको छ । यद्यपि यस्ता सर्वेक्षणले देखाए जस्तैगरी मत त नआउला तर बहसको विषय भने बन्ने गरेको छ । 


 

प्रतिक्रिया