प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजे बस्ने गरी बोलाएको संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री ओलीले स्थगित गरेका हुन्। आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल हुने तयारी थियो ।

 संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।   

प्रतिक्रिया