अष्ट्रेलियाको मेलबर्नमा युद्ध विरोधी प्रदर्शनमा झडप, कैयन व्यक्ति पक्राउ

एजेन्सी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप भएपछि ६० जना भन्दा बढीं व्यक्ति पक्राउ परेका छन् ।

अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा प्रदर्शनकारीहरुले प्रहरीलाई लक्षित गर्दै ढुंगा,एसिड भरिएका बोतल प्रहार गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाको निन्दा गर्दै शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने अधिकार  अस्ट्रेलियालीहरूलाई भएको तर हिंसात्मक प्रदर्शन गर्ने कुरा अमान्य भएको बताएका छन् । 

प्रदर्शनमा करिब १२ सय व्यक्तिले भाग लिएका अधिकारीहरूले जनाएका छन्, जसमध्ये धेरैले प्यालेस्टिनी झण्डा बोकेका थिए र प्यालेस्टिनी समर्थक गीतहरू गाएका थिए। प्यालेष्टाइनको गाजामा इजरायली सेनाले  धेरै हतियारहरू प्रयोग गरेको दाबी गर्दै उनीहरुले प्यालेस्टिनी नारिकको पक्षमा समर्थन गर्दै प्रदर्शन गरेका हुन् । झडपमा २७ जना प्रहरी अधिकारी घाइते भएका जनाइएको छ । 

प्रतिक्रिया