सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउनुपर्छ:  मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जनकपुरधाममा आज आयोजित भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०८१ सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिँहले सुशासन, विकास र समृद्ध प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गरेका छन् ।

राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।मुख्यमन्त्री सिँहले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालका तीनै तहका सरकारले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्न प्रदेश सरकारले नीतिगत, कानुनी र संस्थागत कार्य गर्ने बताएका छन् । सबै किसिमका भ्रष्टाचारजन्य क्रियाकलापको नियन्त्रण गरी नैतिकतामा आधारित समाजको स्थापना गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त र प्रभावकारी बनाउन अधिकतम साधनस्रोत तथा संयन्त्र परिचालन गर्ने बताएका हुन् ।

मुख्यमन्त्री सिँहले भ्रष्टाचार हुने सम्भावना न्यून गर्न प्रदेश सरकारले जोखिमपूर्ण क्षेत्रको पहिचान गरी सेवाग्राहीको बढी चाप हुने कार्यालय तथा निकायमा सिसिटिभी जडान, सार्वजनिक निकायका लागि विनियोजित बजेट एवम् खर्च तथा प्रगतिको विवरण सार्वजनिक गर्ने परिपाटी विकास, सार्वजनिक पदाधिकारीमा सदाचार, इमान्दारी र जिम्मेवारीको भावना विकास गर्न आचारसंहिता निर्माण तथा तिनको कार्यान्वयन गर्नेजस्ता काम गरिरहेको बताएका छन् ।

कर्मचारीको हाजिरी तथा कामकाजको छड्के अभियानलाई आफूले केही समययता तीव्र पारेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले सरकारी कामकाजमा ढिलासुस्ती गर्ने कर्मचारीविरुद्ध कारबाही गर्न आफू पछि नपर्ने बताए ।

उनले सार्वजनिक खरिद ऐनका जटिलता सरलीकृत गरिनुपर्ने भन्दै सुशासनलाई टेवा दिन ऐनका प्रावधान विपरीत काम नगर्न  कर्मचारीलाई निर्देशन दिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का विषयमा जानकारी गराएका छन् ।

कार्यक्रममा प्रदेश तथा स्थानीय तहका पदाधिकारीको सहभागिता रहेको छ ।

रासस

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…