दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न पाइने

काठमाडौ । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ।   बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको हो ।  

राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो। यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिनेछ ।
दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले  यस पटक भने  सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया