पूर्वराजा शाह र राप्रपाका अध्यक्ष लिङ्देनबिच झापामा भेटवार्ता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच झापामा भेटवार्ता भएको छ । दमकस्थित हिमालयन चिया बगानमा पुगेर  राप्रपा अध्यक्ष लिङ्देनले पूर्वराजा शाहलाई भेटेका हुन् । 
लन्च मिटिङसहितको करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ ।  
अध्यक्ष लिङ्देनले सोमबार विराटनगरमा र मंगलबार विर्तामोडमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार पूर्वराजालाई भेट्न पुगेका थिए ।  

कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको, संविधान संशोधनको विषय उठ्न थालेको र देशमा आन्दोलनको माहौल बन्दै गएको सन्दर्भमा राजसंस्था पुनःस्थापनाको एजेण्डालाई निरन्तर उठाउँदै आएको दल राप्रपाका अध्यक्ष र पूर्व राजाबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

राप्रपाले राजसंस्था पुनःस्थापनाका अलावा हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयलाई प्रमुखताका साथ उठाउँदै आएको छ । 

प्रतिक्रिया