गठ्ठाघर दुर्घटनाका ट्रक चालक कारागार चलान

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन्। अदालतको आदेशपछि सर्लाहीको मलंगवा घर भएका  ट्रक चालक  मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 
२४ भदौमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले श्रेष्ठलाई कारागार चलानको आदेश दिएको थियो।

साउन ३१ गते दिउँसो श्रेष्ठले चलाएको ना.६.ख २१७३ नम्बरको ट्रकको ठक्करवाट ओखलढुंगा चिशंखुगढीका ६५ वर्षिय  उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो । दुर्घटनामा उनको बा.४९.प ८९४४ नम्बरको स्कुटरमा समेत पुर्ण क्षति भएको  थियो ।    

प्रतिक्रिया