काँग्रेसलाई रास्वपाको प्रश्नः नेपालीलाई  विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानाले जानाजान गल्ती नगरेको दाबी गरेका छन् । १९ महिना अगाडि उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर अहिले राजनीतिक रुपमा प्रश्न उठाइनु गलत भएको उनको बताएका छन् । 
बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले उपसभामुख इन्दिरा राना प्रकरणमा नेपाली काँग्रेसलाई जवाफ फर्काएका छन् ।

नेपाली काँग्रेसको बुधवार बसेको पदाधिकारी बैठकले निकालेको उपसभामुखले देशको शिर झुकाएको निष्कर्षमा  जवाफ दिँदै सांसद झाले काँग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भनेर प्रश्न समेत गरे ।

उनले भने, ‘उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उहाँले गल्ती भयो भनेर विज्ञप्ति निकालिसक्नुभएको छ । अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिँदै छ । बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिँदै छ, काँग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउदा नेपालको शिर त्यो बेला किन झुकेन ? ’   

प्रतिक्रिया