कमला र ट्रम्पको पहिलो बहस,कमलाले ट्रम्पलाई र्‍याख–र्‍याखी पारिन्

एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचन अघि डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच मंगलबार पहिलो टेलिभिजन बहसमा एक अर्काको नीतिको चर्को आलोचना गरेका  छन् । 

करिब ९० मिनेट लामो  एबीसी न्यूज प्रेसिडेन्सियल डिबेटमा ह्यारिस र ट्रम्पले एक अर्काको नीतिको चर्को आलोचना गरेका थिए । दुई उम्मेदवारबीच रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, सीमा समस्या, आप्रवासन, अर्थतन्त्र,हुल दंगा र गर्भपतनजस्ता विषयमा चर्को बहस भएको थियो । 

चीन, रुस, इजरायल र इरान दुई बहसमा धेरै पटक आएका थिए ।बहसको अन्त्यमा कमला ह्यारिसले भनिन्् –“अमेरिकाको भविष्यलाई लिएर मेरो र ट्रम्पको बिल्कुलै फरक दृष्टिकोण छ । मेरो ध्यान भविष्यमा केन्द्रित छ । ट्रम्प विगतमा अड्किएका छन्” । उता ट्रम्पले भने– “कमला ह्यारिसको नीतिको कुनै अर्थ छैन किन भने उनले विगत चार वर्षमा केही हासिल गरेकी छैनन्। हाम्रो देश विनाशको बाटोमा छ । सारा संसार हामीमाथि हाँसिरहेको छ । यदि ह्यारिसले नोभेम्बरमा चुनाव जितेमा तेस्रो विश्वयुद्ध सम्भव छ”।बहसका क्रममा कमला ह्यारिस र ट्रम्पले एक अर्कामाथि व्यक्तिगत आक्रमण पनि गरेका थिए ।

ह्यारिसले सन् २०२० को चुनावमा ट्रम्पले हार स्वीकार गर्न अस्वीकार गरेको भन्दै ट्रम्पको आलोचना गरेकी थिइन् । बहसको क्रममा जब मध्यस्थहरूले ट्रम्पलाई ह्यारिसको जातीय पहिचानको बारेमा उनको विवादास्पद टिप्पणीको बारेमा प्रश्न गरे, ट्रम्पले प्रश्नलाई बेवास्ता गरे।

ट्रम्पले भने, मलाई वास्ता छैन कि उनीहरु के हुन् । उता ह्यारिसले अमेरिकालाई जहिले पनि जातीय आधारमा विभाजन गर्न खोज्ने  व्यक्ति ट्रम्प राष्ट्रपति बन्न चाहेका  भन्दै ९० मिनेट चलेको बहसमा कमलाले ट्रम्पलाई पटक–पटक र्‍याख र्‍याखी पारेकी थिइन् ।

 ह्यारिसले ट्रम्पको र्यालीमा भीडको संख्या र क्यापिटल हिलमा भएको आक्रमणको आलोचना गरेकी थिइन् । ह्यारिसले ती अधिकारीहरूको पनि उल्लेख गरिन् जो कुनै समय ट्रम्पको साथमा थिए र अहिले उनको कडा आलोचना गर्छन्।

ह्यारिसले ट्रम्पसँग गरेको बहसलाई अमेरिकीहरुले निकै चासोका साथ हेरेका थिए । बहस अघि बढ्दै जाँदा ह्यारिसले ट्रम्पलाई धेरै पटक रक्षात्मक अवस्थामा राखेकी थिइन् । ह्यारिसले ट्रम्पलाई विभिन्न प्रकारका  र कटाक्षहरू प्रस्तुत गरिन्, जसको जवाफ ट्रम्पले दिन बाध्य महसुस गरे। ह्यारिसले ट्रम्पलाई कमजोर उनलाई देखेर विदेशी नेताहरू  हाँस्ने गरेको बताइन् । ट्रम्पले ह्यारिसलाई माक्र्सवादी भने, ह्यारिसले उनको चिउँडोमा हात राखिन् र उनले नबुझेको संकेत गरिन्।

तर अर्थतन्त्र वा गर्भपतनजस्ता विषयमा ह्यारिसले मतदातासँग कुरा गरिरहेको जस्तो गरी सीधै क्यामेरामा हेरिरहेकी थिइन् ।रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले आप्रवासी विरुद्ध केही आरोप लगाएका थिए, जसलाई मध्यस्थकर्ता स्वयंले गलत भनेका थिए । 
 

प्रतिक्रिया