संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय छ:  महेश बर्तौला

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेल्नुभएको भूमिका उल्लेखनीय भएको बताएका छन् । स्व नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका सबै नेपालीले सधैँ सम्झिरहने बताए । 
 
प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै मुख्य सचेतक बर्तौलाले संविधानसभाका अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसका दिनमा उनलाई स्मरण गर्दै नेपालको संविधान निर्माण र संसदीय व्यवस्थालाई सिर्जनात्मक तथा रचनात्मक भूमिका निर्वाह गरेका व्यक्तित्व गुमाउनुपरेको उल्लेख  गरे । 

उनले मङ्गलबार मकवानपुरको मनहरी गाउँपालिका–७ युनाइटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने १२ वर्षीया रञ्जिता गुरुङ घर फर्किने क्रममा बाढीमा परेर ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरे । 

सांसद शान्ति परियारले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै मुलुकले एउटा महत्वपूर्ण व्यक्तित्व गुमाएको उल्लेख गरिन् ।  उपसभामुख इन्दिरा राना विवादमा मुछिएकाले उनलाई मार्ग प्रशस्त गर्न सांसद परियारले माग गरिन् । 
 
सांसद भगवती चौधरीले नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड बैँक सञ्चालनमा बेथिति रहेको पाइएको भन्दै त्यसतर्फ सरकारको ध्यान आकर्षण गराइन् । 
 

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…