कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ

काठमाडौं । हास्य कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर ठगेको आरोपमा सुलेमान पक्राउ परेका हुन् ।

विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो । कलाकार भिसामा लैजाने भन्दै उनले प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीले जनाएको छ । सुलेमानले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए । पैसा बुझाउने व्यक्तिहरू युरोप जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए । 
त्यसपछि उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया