हिंसा शब्द हटाउनु नपर्ने भनेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने जानकारी  गराएपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् ।  

बैठकमा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएकाे थियाे । सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक पटक आग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादीको अडान राखिरह्यो ।

प्रतिक्रिया