अमेरिकी पप स्टार टेलरले कमलालाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी गायिका तथा पप स्टार टेलर स्विफ्टले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने बताएकी छिन् । 

अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्वय ह्यारिस र डोनाल्ड ट्रम्पबीच मंगलबार राति भएको  ९० मिनेट लामो  पहिलो  ‘प्रेसिडेन्सियल डिबेट’ (चुनावी बहस) सुनेपछि स्विफ्टले ह्यारिसलाई समर्थन गर्ने बताएकी हुन् । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । पप स्टार स्विफ्टले कसलाई समर्थन गर्नेछिन भन्ने कुरा चासोका साथ हेरिएको थियो ।

स्विफ्टले इन्स्टाग्राममा आफ्ना भनाई सार्वजनिक गर्दै ह्यारिस प्रतिभाशाली र महिला अधिकारका लागि उपयुक्त उम्मेदवार भएको बताएकी छिन् । हालसम्म गरिएका सर्वेक्षण अनुसार दुवै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा रहेको छ । रिपब्लिकन पार्टीबाट ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट ह्यारिस राष्ट्रपतिका उम्मेदवार बनेका हुन् । 

प्रतिक्रिया