धनराजको बचावमा कांग्रेसको प्रतिप्रश्न: डिभोर्स पनि कहीँ नक्कली हुन्छ ?

काठमाडौ । नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङमाथि सहकारीको रकम अपचलन गरेको भनेर संसदमा उठाइएको प्रश्नको औचित्य नभएको जनाएको छ । 
बुधबार बसेको पार्टी पदाधिकारी र पुर्व पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘उहाँमाथि सहकारीको रकमबारे उठेको विषयमा उहाँले जवाफ दिनुहोला तर जुन ढङ्गले संसदमा श्रीमतीसँग नक्कली डिभोर्स भनेर भनिएको छ, डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? कानुन बमोजिम हुन्छ डिभोर्स’, प्रमुख सचेतक श्याम घिमिरेले भने ।

घिमिरेले कहीँ कतै गुरुङले गल्ती गरेको भए गुरुङ आफैले छानबिन होस भनिसकेको भन्दै कांग्रेस पनि त्यसमा सघाउन तयार रहेको बताए ।

प्रतिक्रिया